stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

वोमी र सुर्योदय लघुवित्त मर्जरको अनुमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त संस्था लिमिटेडलाई एक आपसमा मर्ज हुन सैद्धान्तिक सहमति प्रदान गरेको छ । योसँगै दुई लघुवित्तको मर्जर प्रक्रिया अघि बढने भएको छ ।
यसअघि दुबै कम्पनीबीच गत भदौ १५ गते एक आपसमा मर्ज हुने सम्झौता भएको थियो । संयुक्त मर्जर कमिटीमा वोमी लघुवित्त संस्था लिमिटेडको तर्फबाट कृष्णराज सिलवाल, नरेन्द्र प्रसाईं र शिवप्रसाद मिश्र तथा सुर्योदयको तर्फबाट अनन्त कुमार श्रेष्ठ, गुडाखर सापकोटा र एकबहादुर गोदार रहने समिति गठन भएको थियो।

सम्झौताअनुसार हाल सूर्योदयका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको प्रमुख कार्यकारी अधिकृत बन्नेछन् भने हाल वोमीका प्रमुख कार्यकारी अधिकृत मर्जरपछि बन्ने संस्थाको डेपुटी प्रमुख कार्यकारी अधिकृत रहने छन् ।

त्यस्तै दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डीडीए) अनुसार स्वाप रेसियो तय हुनेछ भने एकीकृत संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था रहनेछ । मर्जर सम्झौता भएसँगै गत भदौ १६ गतेबाट दुबै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ ।

हाल वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ । वोमी लघुवित्तको हाल चुक्ता पुँजी ४१ करोड १९ लाख छ भने सूर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari