stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ सेवा निःशुल्क

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले एन आई सी एशिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

विश्वभरी नै तीब्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको दृष्टिकोणले जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गर्दै सतर्क रहन निर्देशन दिएको छ ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्काेमा सजिलै सर्न सक्ने हुनाले भिडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ । यस्तै, देशवासीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सरकारले अनुरोध गरिरहेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युनीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही ग्राहकलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै ग्राहकहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने भिुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको बैंकले जनाएको छ ।

बैंकले देशैभरि रहेका शाखा कार्यालय, विस्तारित काउण्टर, एटिएम तथा अन्य विभिन्न डिजिटल बैंकिङ्ग माध्यमबाट यथावत सेवा सुविधा उपलब्ध गराउन बैंक कटिबद्ध रहेको तथा बैंकले प्रदान गर्दै आईरहेको सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा नियमीत रुपमा यथावत सुचारु राखिएको जानकारी पनि दिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long