stcnepal long ad
ime life insurance
national life
global ime bank long

मंसिर दोस्रो सातामा हस्तकला व्यापार मेला हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता आगामी मंसिर १२ देखि १६ गतेसम्म हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको जनाइएको छ । उक्त मेलामा आठ प्याभिलियन सहित दुई कक्ष रहने छन् । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागिता रहने पनि जनाइको छ । उक्त मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहने छन् भने बाँकी नेपाली स्टल हुनेछन् । नेपालको हस्तकला हाल विश्वका अधिकांश मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पस्मिना, छाला जन्य सामान, प्राकृतिक रेसा, बाँसका सामानहरू प्रदर्शनमा राखिने छन् ।

IME Lifesidebar
kumari