एनसीएचएललाई सम्मान

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)लाई सन २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिने भएको छ । दक्षिण एसियाली राष्ट्रहरूबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साउथ एसिया फेडरेसन अफ अकाउन्टेन्स (साफा) समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभनर्मेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । साफाले सो अवार्ड ढाका, बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्ने भएको छ । यस अघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले आईक्यानद्वारा सञ्चालित वि. पि. ए. अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो । त्यसपश्चात् सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरी मूल्याकंनका लागि साफामा पठाएको थियो । एनसीएचएलले भुक्तानीतथा फछ््यौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिबद्धताको सम्मान स्वरूप उक्त अवार्डलाई लिएको छ । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।