देशभर बचतका ३ करोड ७७ लाख ७० हजार ९ सय १५ बैंक खाता
काठमाडौं । नेपालका बैंक तथा फाइनान्स कम्पनीहरुमा सञ्चालनमा रहेको निक्षेप खाताको संख्या ३ करोड ७७ लाख भन्दा बढी रहेको बताइएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार लघुुवित्त वित्तीय संस्था बाहेक २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रिय स्तरका समेत गरी १८ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी सहित कुुल ६२ वटा संस्थाको देशभर रहेका ६ हजार १५ वटा शाखामा कुुल ३ करोड ७७ लाख ७० हजार ९ सय १५ वटा निक्षेप खाता सञ्चालनमा रहेको पाइएको छ । यी खाता संख्या मध्ये केही भने निष्क्रिय खाता छन।
चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंकहरुको मात्र ७ वटा प्रदेश अन्तर्गतका ७७ वटै जिल्लामा कुल ४ हजार ७ सय ६६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।
ती सबैमा गरी कुुल निक्षेप खाताको संख्या ३ करोड २९ लाख ३७ हजार ६ सय २२ रहेको राष्ट्र बैैंक स्रोतले बताएको छ ।
विकास बैंकहरुको भने देशभर १ हजार २३ वटा शाखाहरु सञ्चालनमा रहेको छन्। जसमा ४३ लाख ३२ हजार ३ सय ७४ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेको पाइएको छ ।
यसैगरी फाइनान्स कम्पनीहरुको देशभर २२६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यी सबै शाखामा गरी कुुल ५ लाख १० हजार ९ सय ८९ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका छन् ।
पछिल्लो समय नेपालको जनसंख्याभन्दा बढी निक्षेप खाता सञ्चालन हुुनुमा एउटै व्यक्तिको एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोल्नु प्रमुुख कारण रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।
राष्ट्र बैंक स्वयंले पनि केही समयअघि एक व्यक्ति एक बैंक खाताको नीति ल्याएर कार्यान्वयन गरेका कारण पनि बैंकिङ क्षेत्रमा निक्षेप खाताको संख्या बढेको राष्ट्र बैंक स्रोतले बताएको छ । निक्षेप खाता संख्या बढ्नु भनेको वित्तीय पहुँचसँगै बचत पनि बढ्नु हो भनिन्छ ।
बचत बढ्नु भनेको लगानीको स्रोत पनि बलियो हुनु हो । यसर्थ निक्षेप खाता बढ्दा यसले मुुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अर्थविदहरूको भनाइ छ ।
नेपाल राष्ट्र बैैंकका अनुसार बैंकिङ क्षेत्रमा कुुल कर्जा खाताको संख्या भने १७ लाख २ हजार १ सय ९५ पुुगेको छ । सोमध्ये वाणिज्य बैंकहरुमा मात्र रहेको कुल कर्जा खाताको संख्या १३ लाख ६६ हजार ४ सय ४२ वटा रहेको छ ।
यस बाहेकका विकास बैंकहरुमा कुुल ३ लाख ६ सय ३१ वटा कर्जा खाताहरु सञ्चालनमा रहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । चालू आ.व.को साउन महिनासम्ममा फाइनान्स कम्पनीहरुमा भने कुल ३५ हजार १ सय २२ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका छन् ।