पुर्व राजाले यस वर्ष टीका नलगाइ दिने
काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहद्धारा यस वर्ष सर्वसाधरणलाई टिका लगाइदिने कार्यक्रम नहुने भएको छ ।
कोरोनाको असहजताको स्थितिसँगै यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूमा दर्शन कार्यक्रम नरहेको पनि दरवार स्रोतले जानकारी दिएको छ ।
त्यसैगरि विजया दशमीका दिनमा टीका लगाउने कार्यक्रम नहुने आज एक विज्ञप्ति प्रकाशित गर्दै उल्लेख गरिएको छ ।