सिएचटिससँग साझा यातायातले थप ४० वटा विद्युतीय बस खरिद सम्झौता
काठमाडौं । साझा यातायातले थप ४० वटा विद्युतीय बस खरिद गर्न चीनको नान्जिङ अटोमोबाइल कम्पनी (सिएचटिस) सँग खरिद सम्झौता गरेको छ । साझा यातायातले उक्त कम्पनीसँग ४० वटा विद्युतीय बस र यसलाई आवश्यक पर्ने चार्जरहरु खरिद गरी ५ बर्ष सम्मको मर्मत सम्भार गर्ने सम्झौता गरेको हो ।
उक्त समझदारीपत्रमा साझाका तर्फबाट सञ्चालक समिति सदस्य बन्दना थापा र सिएचटिसीका तर्फबाट नेपाल प्रतिनिधि राजन रायमाझीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता अनुसार साझा यातायातले बस तथा चार्जर खरिदका लागि ४५ करोड रुपैयाँ बराबर प्रदान गर्ने भएको छ ।