कुमारी बैंकका ग्राहकलाई पोखराको हेरिटेज होटलमा विशेष छुट

आर्थिक सञ्जाल सोमबार, ३ चैत्र २०७६
काठमाडौँ । कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने सम्झौता भएको छ । कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत पोखरास्थित हेरिटेज होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो । बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५%, खानपानमा र स्पा सुविधाहरुमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिंदै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुलभदायी सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।