stcnepal long ad
global ime bank long

मेलम्चीको पानी सुरुङमार्गमा हालियो, ‘आयोजनाको प्रगति उत्साहजनक’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल सोमबार, ३ चैत्र २०७६

काठमाडौँ । नेपालको बहुचर्चित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको छ । चिनियाँ निर्माण कम्पनि सिनो हाइड्रोले आयोजनाको बाँकी निर्माण कार्यको जिम्मेवारी लिएपछि आयोजनाको कामले गति लिएको हो ।

सोमबार मेलम्ची आयोजनाको सुरुङ मार्गको परीक्षण गरिएको छ । खानेपानी मन्त्री बिना मगर, मेलम्ची विकास समितिका पदाधिकारी लगायतका प्रतिनिधिहरुको उपस्थितिमा मेलम्चीको हेडवक्र्सबाट सुरुङ मार्गको परीक्षण कार्य गरिएको होलगायतका साना ठेक्काका कामहरु पनि गरिरहेको छ ।

यी सबै काम मेलम्ची विकास समितिले अपेक्षा गरेभन्दा उत्साहजनक रुपमा अघि बढिरहेका छन् । मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएका काममध्ये हेडवक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको कामः सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेशनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

हेडवक्र्समा ७ वटा गेट निर्माण कार्य र कफरड्याम निर्माण कार्य तीब्र गतिमा भइरहेको छ । यी कामहरु पानी पथान्तरण गर्न अत्यावश्यक रहेकोले प्राथमिकताका साथ अगाडि बढाइएको छ। आगामी जेष्ठ १५ सम्ममा यी कामहरु सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।

गेट निर्माण कार्य पानी पथान्तरणका लागि महत्वपूर्ण छ । यो काम टनेल प्रवेशसँग सम्बन्धित रहेको एवं टनेल भित्रका निर्माण कार्य सञ्चालनसँग पनि समन्वयात्मक रुपमा अगाडी बढाउनुपर्ने भएकोले तदअनुरुप निर्माण कार्य भइरहेको छ । जेठ मसान्तसम्ममा गेट निर्माणका कामहरु सम्पन्न हुने आयोजनाको विश्वास छ । भेन्टिलेशन साफ्टको निर्माण कार्य चुनौतीपूर्ण भएको र यसका वावजुद पनि विभिन्न प्रयासबाट हाल सिन्धु ग्यालथुम खण्डमा यसको निर्माण कार्य शुरु भएको छ एवं असार १५ सम्ममा ३ वटै भेन्टसाफ्टको काम सम्पन्न गर्ने लक्ष्य रहेको आयोजाले जनाएको छ ।

स्काडा प्रविधि जडानको कामले गति लिएको छ । बाँकी रहेका निर्माण कार्यहरु केही समानान्तर र केही सेरीजमा गर्नुपर्ने भएकोले टनेलभित्रका अन्य काम सम्पन्न हुँदा यो कार्य पनि सम्पन्न हुनेछ । साथसाथै सुन्दरीजल पोर्टलको कामले गति लिएको छ । सरकारले तोकेकै मितिभित्र सुन्दरीजल पोर्टलको काम सम्पन्न गर्ने लक्ष्य रहेको र ततपश्चात पुरै प्रणालीमा पानी परीक्षण गर्ने लक्ष्य रहेको छ ।

निर्माणको सिलसिलामा खण्ड खण्ड रुपमा परीक्षण गरी अन्त्यमा पुरै प्रणालीमा परीक्षण गरिने भएकोले अम्बाथान खण्डको टनेल सफाई सम्पन्न गरिएको र यही चैत्र महिनाको शुरुमै यस खण्डको परीक्षण गरिने लक्ष्य रहेको आयोजना प्रमूख खत्रीले जानकारी दिए ।

IME Lifesidebar
kumari