stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नयाँ सिलिण्डर नबेच्न एलपि ग्यास उद्योगको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल सोमबार, ३ चैत्र २०७६

काठमाडौं । नयाँ सिलिण्डर नबेच्न एलपि ग्यास उद्योगले आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोनाको असर नेपालमा पनि पर्न सक्ने भन्दै एलपि ग्यास उद्योगले सोमवार पत्रकार सम्मेलन गरेर नयाँ सिलिण्डर नबेच्न आग्रह गरेको हो ।

कोरोनाको असर नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरू त्रसित हुन गई ग्यास हुने डरले आफुसंग रहेको खाली सिलिण्डर भर्न आएकोले ग्यासको माग बढेको पत्रकार सम्मेलनमा उद्योगले जनाएको छ ।

ग्यासको आयात विगत भन्दा पनि हालका अवस्थामा केहि बढिनै रहेकोले सम्पूर्ण उपभोक्ताहरूमा धैर्य धारण गरिदिनु हुन ग्यास जस्तो अत्यधिक प्रज्वलनशिल पदार्थलाई आवश्यकता भन्दा बढी संचय नगर्न सम्पूर्ण उपभोक्तालाई उद्योगले अनुरोध गरेको छ ।

साथै ग्यास विक्री वितरणको क्रममा उपभोक्तासंग घरमा भएको खाली सिलिण्डरलाई मात्र ग्यास दिन र नयाँ सिलिण्डर ग्यास सहितको सिलिण्डर विक्री वितरण नगर्न नगराउन सम्पूर्ण एलपि ग्यास उद्योगी तथा विक्रेताहरूलाई सूचित गरेको छ ।

यस्तो घडीमा हामी आमउपभोक्ताको हितलाई ध्यानमा राखि विगतका दिनमा जस्तै नेपाल सरकार तथा सरोकारवाला निकायहरू समेतको सहयोगमा आपूर्ति व्यवस्था सहज राख्न प्रतिवद्ध रहेको जनाएको छ ।

prabhu mahalaxmi
kumari