stcnepal long ad
global ime bank long

प्रभु बैंकले ल्यायो गुडलक सेभिङ निक्षेप योजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित उक्त योजना ल्याएको हो ।

शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्फबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ ।

यस योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटलसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरु मै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु जस्तै आइपिओएस, एफपिओएस, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ ।

IME Lifesidebar
kumari