stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

लिवर्टी इनर्जीको १५ लाख कित्ता आइपीओ फागुन २७ बाट आउँदै

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । शुक्रबार, १६ फागुन २०७६

काठमाडौं । लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको लिवर्टी इनर्जी कम्पनीले फागुन २७ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले लमजुङ जिल्लाको उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । लिवर्टीले पहिलो चरणमा जारी पुँजीको १० प्रतिशत आइपीओे निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ (तत्कालीन फलेनी र डोढोडेनी गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानीयलाई छुट्याएको मध्ये ५ लाख कित्ता (३३.३३%) र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशीसहर नगरपालिकाको वडा नं. ११ मा स्थानीयलाई छुट्याएको मध्ये ५ लाख कित्ता (३३.३३%) सेयर निष्कासन गर्न लागेको हो ।

त्यसैगरी, लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि बाँकी ५ लाख कित्ता (३३.३३%) सेयर पनि कम्पनीले बिक्री खुला गर्न लागेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले लमजुङबासीले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । यो आइपीओमा छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै, सो अवधिमा बिक्री नभएमा भने चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ । लिबर्टीलाई केही दिनअघि मात्रै नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७  लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो ।

जसमध्ये १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन हुनेछ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । यस आइपीओले ग्रेड ४ रेटिङ पाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long