घट्यो सुन–चाँदीको भाउ
काठमाडौं । शुक्रबार सुन–चाँदीको भाउ घटेको छ । दिनहुँ भाउ बढेर नयाँ–नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य शुक्रबार भने ५०० रुपैयाँ घटेको हो । शुक्रबार छापावाला सुनको भाउ प्रति तोला ५०० रुपैयाँले घटेर ७९ हजार २०० रुपैयाँमा झरेको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ५०० रुपैयाँले नै घटेर ७८ हजाार ९०० रुपैयाँमा आएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रति तोला ७९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ७९ हजार ४०० रुपैयाँ रहेको थियो ।
यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी गराएको छ । पछिल्लो समय सुनको मूल्य चुलिनुमा कोरोना भाइरसलाई प्रमुख कारण देखाइएको छ । यस भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुन बजारमा आकर्षित हुन थालेको व्यवसायीको दाबी छ ।