stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महालक्ष्मी विकास बेैंकद्वारा सोनाम तामाङ सम्मानित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग, सुकुटे बिचमा बस दुर्घटाना भई सुनकोशी नदिमा खस्दा दर्जनांै यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (¥याफटिङ गाइड) लाई उनको साहासिक कार्यको कदर गर्दै रु. पन्ध्र हजार रुपैया सहित सम्मान गरेको छ । मागा देउरालीदेखी काठमाडौंका लागि छुटेको बस सुकुटे बिचमा दुर्घटना भएको थियो । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने छ भन्ने हेतुले बैंकले सम्मान गरेको थियो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

prabhu mahalaxmi
kumari