citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

भुवन दाहाल बैंकर्स एशोसियशनको अध्यक्षमा निर्विरोध

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल बैंकर्स एशोसियशनको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल निर्विरोध निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमितिका लागि एक मात्र उम्मेदवारी परेपछि दाहाल निर्विरोध भएका हुन् । आगामी जनवरीमा हालका अध्यक्ष ज्ञानेन्द्र ढुङगानाको कार्यकाल सकिने भएपनि संघले नयाँ कार्यसमितिका लागि १९ गते संघको साधारणसभाबाट अध्यक्ष बिहीबार नयाँ कार्यसमिति चयन गर्ने साधारणसभाको कार्यक्रम राखेको छ । सोही अनुसार मंसिर १७ गते उम्मेदवारी दर्ता र मंसिर १८ गते उम्मेदवारी फिर्ताको कार्यक्रम रहेको थियो । मंसिर १७ गते मंगलबार नै निर्वाचन गर्न नपर्ने र सर्वसम्मतले नयाँ कार्यसमिति बन्ने गरी उम्मेदवारी परेको संघले जनाएको छ । संघको उपाध्यक्षमा एसबिआई बैंकका अनुकुल भट्नाकरको मात्र उम्मेद्वारी परेको छ । भट्नाकर अध्यक्ष ढुङगानाको कार्यकालमा पनि उपाध्यक्ष नै हुन । यस्तै नयाँ सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेका छन् ।
आगामी कार्यकालका लागि पनि संघको कार्यसमिति सदस्यमा सिभिल बैंकका गोविन्द गुरुङ, एनसीसीका रमेशराज अर्याल र माछापुच्छ«ेका सुमन शर्माको भने निरन्तरता हुने संघले जनाएको छ ।

himalayan life insurance
igi long