सुनको मूल्य प्रतितोला १५ सय रुपियाँले बढ्यो
आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६
काठमाडौं । सुनचाँदीको मूल्यले दिन दिनै नयाँ किर्तिमान कायम गरिरहेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १५ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने आइतबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आइतबार ९२० रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रुपियाँले बढेर ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।