stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

देवः विकास बैंकको नयाँ शाखा जोरपाटीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौं । देवः विकास बैंक लिमिटेडले थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ शाखा गोकर्णेश्वर नगरपालिका, वडा नं ६ जोरपाटीमा सञ्चालित जोरपाटी शाखा कार्यालयको आज एक कार्यक्रम बीच उदघाटन गरेको छ ।
बैंक सञ्चालक समितिका सदस्य भरत बहादुर हमालले उक्त शाखाको औपचारिक उदघाटन गरेका हुन् । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सञ्चालक हमालले गुणस्तरिय सेवा विस्तारमा जोड दिनु पर्ने बताए । हमालले यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए ।
गोकर्णेशवर नगरपालिका, वडा नं ६ का अध्यक्ष रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविधिको विस्तार भएकोमा सन्तुष्ट व्यक्त गरेका थिए ।
बैंकका सञ्चालक विजय राज शर्मा भुषाल, महानगरिय प्रहरी बृत बौद्धका प्रहरी नायब उपरिक्षक रेशम बहादुर सिंहले पनि मन्तव्य राखेका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari