stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

क्यान इन्फोटेक २०२० मा नेपाल प्रहरीको सहभागिता

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित क्यान इन्फोटेक २०२० मा नेपाल प्रहरीले नागरिकलाई प्रदान गर्ने सूचना प्रविधि सम्बन्धि प्रदर्शनी गरी विविध सेवाबारे जानकारी प्रदान गरेको छ ।
गत फागुन २ गतेदेखि सुरु भई बुधबार सम्पन्न हुने उक्त इन्फोटेक अवधिभर नेपाल प्रहरीले छुट्टै स्टल मार्फत इन्फोटेक अवलोकनकर्ताहरुलाई प्रहरी सेवा सम्बन्धि जानकारी प्रदान गरेको हो ।
सो क्रममा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय तथा साइबर ब्यूरो भोटाहिटी र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएका प्रहरी अधिकृतहरुद्वारा अनलाइन पुलिस क्लियरेन्स रिपोर्ट अनलाइनबाट भर्ने तरिका, साइबर अपराध र सोबाट बँच्ने उपाय, साइबर अपराध गरेमा हुने सजाय, साइबर अपराधबारे उजुरी दिने निकाय तथा प्रक्रिया, सर्वसाधारणका समस्यासँग सम्बन्धित गुनासाहरु Police complaint hotline माध्यमबाट प्रहरी प्रधान कार्यालयमा तत्कालै राख्न सक्ने व्यवस्था, ट्राफिक सचेतना सम्बन्धमा लगायतका विषयमा जानकारी गराइएको थियो ।
प्रदर्शनीमा सूचना प्रविधिमार्फत प्रहरीले प्रदान गर्ने सेवा सम्बन्धि विविध चेतनामूलक पम्प्लेट वितरण गर्नुका साथै श्रव्यदृश्य सामग्री तथा प्रत्यक्ष अनलाइन अभ्यासद्वारा जानकारी प्रदान गरिएको थियो ।
विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरु, सरकारी निकायका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु लगायत आमनागरिकहरुले अवलोकन गरेको उक्त प्रदर्शनीमा प्रहरीले प्रदान गरेको जानकारीमूलक सेवाको बारेमा २ सय ६० जनाले सकारात्मक पृष्ठपोषण दिएका थिए ।

prabhu mahalaxmi
kumari