stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

राष्ट्रपतिबाट चौथो निर्वाचन दिवस विशेष समारोह समुद्घाटन

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल ।  बुधबार, ७ फागुन २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चौथो निर्वाचन दिवसका अवसरमा आज आयोजित विशेष समारोहको समुद्घाटन गरिन् ।                                                                                                                                                      कान्तिपथ स्थित निर्वाचन आयोग परिसरमा आयोजित उक्त विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना २०७६–८१, निर्वाचन स्मारिका र निर्वाचन न्याय, स्रोत पुस्तिका अर्पण गरेका थिए ।
सो अवसरमा राष्ट्रपतिले आयोग र मातहतका कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिन् । पुरस्कार प्राप्त गर्नेमा सहसचिव गिरिजा शर्मा, शाखा अधिकृत नम्रता चुडाल, जिल्ला निर्वाचन अधिकृतद्वय महेश शर्मा र इन्दिरा यादव तथा कम्प्युटर अधिकृत दिनेशकुमार राई छन् ।
समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री र मन्त्रिगणको उपस्थिति रहेको थियो । संवैधानिक आयोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, पूर्व प्रमुख आयुक्त र आयुक्त एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु समारोहमा सहभागी रहेको थियो ।

विसं २०१५ फागुन ७ गते पहिलो संसदीय आमनिर्वाचन प्रारम्भ भएको दिनको सम्मानमा २०७३ सालबाट फागुन ७ गतेको दिनलाई निर्वाचन दिवसका रूपमा मनाइँदै आएको छ । ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ चौथो निर्वाचन दिवस बनाइएको हो ।

prabhu mahalaxmi
kumari