stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच वित्तिय सेवा सम्बन्धि सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल  ।  बुधबार, ७ फागुन २०७६

काठमाडौं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ । एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतो द्वारा उक्त सम्झौता हस्ताक्षर र आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ ।
२०५१ साल देखि वाणिज्य बैंकिंग क्षेत्रमा कार्यरत रहेको एभरेष्ट बैंकको हाल १० लाख ग्राहक रहेका छन् । यसैगरी बैंकको देशभरि ९५ शाखा, १२२ ए.टि.एम र ३० रकम संकलन केन्द्र रहेका छन् । यस बैंक सन् २०१९ को बेस्ट म्यानेज्ड वाणिज्य बैंक अवार्डबाट सम्मानित भएको छ । यसैगरी हेफर इन्टरनेशनल नेपालले हालसम्म ४१ जिल्लामा २५४,००० गरिब तथा पिछडीएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ । हेफेरले महिला सहकारीहरुमा वित्तिय पहुँच पुरÞ्याउने काम पनि गर्दै आएको छ । यसैगरी बिगत ७५ वर्षदेखि हेफरइन्टर नेशनलले १२५ देशहरुमा सेवा प्रदान गर्दैआएको छ ।

यस सम्झौतासंगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारीखेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तिय पहुँच पुरÞ्याउनका लागि संयुक्त प्रयास गर्नेछ । यस साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ । एभरेष्टबैंकले आफ्नो पहुँच र शाखाहरुको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारीहरु यससंग सम्बद्ध महिला उद्यमीहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउनेछ भने हेफरले सहकारीहरुसंग संयुक्त रुपमा साना तथा मझ्यौला महिला उद्यमीहरुको पहिचान गर्दै उनीहरुलाई बैंकसंग जोड्ने छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long