stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

एनआइबिएल सहभागिता फण्डको स्वचालित कारोबार प्रणाली लागू, अनलाइनबाटै ईकाई किन्न सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड ९खुलामुखी योजाना०को स्वचालित कारोबार प्रणाली आज कार्तिक २ गतेदेखि लागू भएको छ ।

योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ योजना व्यवस्थापकले उक्त प्रणाली लागू भएको हो ।

यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणाली मार्फत लगानीकर्ताहरु तथा इकाईधनीहरुले हालका लागी योजनाका ईकाई खरिद गर्न सक्ने छन् ।

साथै, लगानीकर्ताहरले व्यवस्थित लगानी योजनामा दर्ता, व्यवस्थित लगानी योजनाको किस्ता रकमको भुक्तानी, युजर लगइन दर्ता तथा युजर लगइन मार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने सक्नेछन् ।

नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।

prabhu mahalaxmi
kumari