stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

मेरो सेयर लगायत विभिन्न सेवाहरु नेपाल बैंकले निःशुल्क प्रदान गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकले ग्राहकहरुलाई विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ । ८४ औं वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो कात्तिक १ गतेदेखि विभिन्न सेवा सुविधा निशुल्क प्रदान गर्ने भएको हो ।

बैंक बिक्रम संम्वत् १९९४ कार्त्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भएको हो । आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा बैंकले ग्राहकलाई कार्तिक १ गतेदेखि निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो सेयर, सीआश्वा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।

साथै, ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रमहरु समेत संचालन गर्ने भएको छ ।

बैंकले हाल ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

prabhu mahalaxmi
kumari