सांग्रिला डेभलपमेण्ट बैंकको १५ हजार ५ सय ९९ कित्ता संस्थापक शेयर बिक्रिमा
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका दुई जना संस्थापक शेयरधनीले शेयर विक्री गर्न लागेको हुँदा संस्थापक शेयर खरीद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजपत्र संलग्न गरी केन्द्रीय कार्यालयमा आवेदन दिन आग्रह गरेको छ ।




























