stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

कार्तिक १६ गते विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्टको विशेष साधारण सभा 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कार्तिक १६ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्न लागेको जनाएको छ ।

उक्त सभा कम्पनीको कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा दिनको २ बजेबाट अनलाइनको माध्यमबाट सुरू हुने जनाएको छ ।

त्यसैगरी, विशेष साधारण सभाले सभामा सञ्चालक हुनको निमित्त लिनुपर्ने शेयर संख्या एक हजारबाट घटाएर एक सय गरी संशोधन गरी नियमावलीको नियम २८ लाई संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको यस वर्षको वार्षिक साधारण सभा नभएसम्मका लागि वर्तमान सञ्चालक समितिलाई नै निरन्तरता दिने सम्बन्धी प्रस्ताव पेश हुनेछ ।

prabhu mahalaxmi
kumari