stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सिटिजन्स बैंकका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाग्राहकहरुले डिल आयो डट कममा २५५ सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने भएका छन् ।
बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डट कममा रु १००० भन्दा माथिको कारोबार गर्दा २५% सम्म वा रु २५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने छन् । यो योजना यही कात्तिक ६ गतेसम्म लागू हुने छ ।

नजिकिदै गरेको महान चाड दशैलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस (Covid19) को महामारीबाट सम्पूण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहकमहानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइक नै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आउनु भएका ग्राहक महानुभावहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

prabhu mahalaxmi
kumari