stcnepal long ad
global ime bank long

सिटिजन्स बैंकद्वारा स्क्यान र वीथड्र सेवा सुरु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वकाअधिकांश मुलुकहरु कोरोना भाइरस कोभिड–१९को महामारीबाट आक्रान्त बनेको अवस्थामा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको वित्तीयआवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान र वीथड्र सेवाको सुरुवात गरेको छ ।

स्क्यान र वीथड्र मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने कुरा बैंकले जनाएको छ ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाहगर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताएको छ ।

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथसाथै बैंकमा कार्यरत कर्मचारी र आदरणीय ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ स्क्यान र वीथड्र सेवा प्रयोगमा ल्याएको बैंकले जनाएको छ । यसको प्रयोग सँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिमन्यून हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ११० वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सावधानी पूर्वक आफ्नाआदरणीय ग्राहक महानुभावहरुको वित्तीयआवश्यकताहरु चुस्त दुरुस्त, छिटो छरितो तवरले प्रदान गर्न हर सम्भव प्रयास गरिरहेको छ ।

नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरुको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने–झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटी लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवादिँदै आएको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको डेविट कार्ड नेपाल भरिका कुनै पनि बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

कर्जालाई सरल र सहजतरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५०% वार्षिक ब्याज दरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५०% वार्षिक ब्याज दरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०९९% वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना संचालनमा ल्याएको छ ।

IME Lifesidebar
kumari