अवैध लागूऔषध सहित पक्राउ
drug case prisoner with narcotic and syringe
काठमाडौं । सुनसरी, ईटहरी उपमहानगरपलिका–६ खेतिखोला छेउबाट करिब २ ग्राम ८ सय ३० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय सुजन कार्की ढोलीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ठाउँमा लागूऔषध किनबेच गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र सिआरभि बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
























