stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सरकारलाई नेपाल बैंकले ३ करोड ४६ लाख रुपैयाँ आर्थिक सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले सरकारलाई ३ करोड ४६ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी उक्त सहयोग गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सो मात्राको रकमको चेक हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसका कारणबाट सृजना हुन सक्ने जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि तथा मौद्रिक नीतिमा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकबाट भएको निर्देशन अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको उक्त रकम सरकारलाई हस्तान्तरण गरेको हो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए । उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउदै लैजान र बैंकको थप प्रगतिका लागि शुभकामना दिएका छन् ।

उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषणा गरेको बताए ।

बैंकले हालसम्म संघिय सरकारको कोषमा ४ करोड ४६ लाख रूपैयाँ र प्रदेश सरकारलाई ५ लाख रूपैयाँका दरले ३५ लाख गरी कुल ४ करोड ८१ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरिएको उनले जानकारी गराए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको र यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long