stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बीओकेको संस्थापक सेयर लिलामीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमान्डूले भदौ १ गतेबाट ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेकोे यो सेयर बिक्री गर्न लागेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । भदौ ९ गते बिहान १० बजे लिलामी सेयरको आवेदन एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोलिने छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long