stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

त्रिविमा अत्यावश्यक बाहेकका सेवा स्थगित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोभिड (१९ को संक्रमण फैलिएको भन्दै त्रिभुवन विश्वविद्यालयले तत्कालका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ।

त्रिविले आईतबार सुचना जारी गर्दै तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने बताएको हो ।

सुचनामा त्रिभुवन विश्वविद्यालयले आफु अन्तर्गतका कार्यालयलाई आंशिक रुपमा सञ्चालन गर्न तथा सोही अनुसार कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएको छ ।

यस्तै आफ्नो कार्यालय रहेको ठाउँमा स्थानीय प्रशासनले लकडाउन गरेमा त्यस्ता कार्यालयको सम्पूर्ण काम बन्द गर्ने त्रिविले उक्त सुचना उल्लेख गरिएको छ ।

यद्यपी शिक्षक तथा कर्मचारीले हाजिर भने कार्यलयमं उपस्थित भएर गर्नुपर्ने र अनलाईन कक्षा सहभागी शिक्षकलाई भने सोही कक्षालाई नै हाजिर मान्ने व्यवस्था गरिएको त्रिविले जनाएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long