stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल स्काई क्लब कार्डमार्फत टिकट किन्दा पहिलो टिकट निःशुल्क

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बैंकका सीईओ सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरेका हुन्।

यस योजना अन्तर्गत ग्लोबल आइएमई बैंकका ग्राहकहरूले यती एअरलाइन्सको पहिलो टिकट किन्दा पूरै रकम बराबर क्यासब्याक पाउनेछन् जसका कारण पहिलो टिकट निःशुल्क हुनेछ। त्यस्तै कार्ड प्रयोगकर्ताहरूले नियमित रूपमा टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउने सुविधा पाउनेछन्।

बैंकका अनुसार ग्राहकले कार्ड प्राप्त गर्दा प्रारम्भिक १०० बोनस पोइन्ट प्राप्त गर्नेछन् जुन विभिन्न छुट र सेवामा प्रयोग गर्न सकिन्छ। साथै कार्ड प्रयोग गरेर हरेक १०० रुपैयाँको कारोबारमा १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ।

यो कार्डबाहकले विमानस्थलमा चेक–इन र बोर्डिङ प्रक्रियामा प्राथमिकता सेवा पाउनेछन्। साथै यती एअरलाइन्समार्फत यात्रा गर्दा ५ किलो बढी लगेज बोक्न सक्ने सुविधा पनि उपलब्ध हुनेछ।

बैंकका सीईओ रेग्मीले यो सहकार्यले डिजिटल कारोबार प्रवर्द्धन गर्नुका साथै ग्राहकमैत्री सेवा विस्तारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। यती एअरलाइन्सका प्रमुख सापकोटाले पनि यस्तो साझेदारीबाट दुवै पक्षका ग्राहकहरू लाभान्वित हुने बताएका छन्।

ग्लोबल आइएमई बैंकले देशका सबै ७७ जिल्लामा शाखा विस्तार गरी हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ। यसले रेमिट्यान्स सेवा, डिजिटल बैंकिङ र नवप्रवर्तनमूलक योजनामार्फत ग्राहकको जीवनलाई अझ सहज बनाउँदै आएको छ।

यती एअरलाइन्सले पनि विगत २६ वर्षदेखि आन्तरिक हवाई सेवामा निरन्तरता दिँदै आएको नेपालको अग्रणी वायुसेवा कम्पनी हो

prabhu mahalaxmi
kumari