stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एनआईसी एशिया बैंकको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको कमलादी शाखा नयाँ भवनमा स्थानान्तरण भएको छ। बैंकले २०८१ साल चैत १० गते आइतबारदेखि आफ्नो शाखालाई हालको स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा सारेको जानकारी गराएको छ।

बैंकका अनुसार अबदेखि कमलादी शाखाका सम्पूर्ण बैंकिङ्ग सेवा नयाँ भवनबाटै सञ्चालन हुने छ। स्थानान्तरणसँगै ग्राहकहरूलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको छ।

एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी रञ्जन खड्काले यसबारे जानकारी दिँदै, नयाँ स्थानमा पनि ग्राहकहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको उल्लेख गरे।

बैंकले आफ्ना ग्राहक तथा सरोकारवालाहरूलाई कुनै असुविधा भएमा शाखा वा बैंकको ग्राहक सेवा केन्द्रमार्फत जानकारी लिन आग्रह गरेको छ।

 

prabhu mahalaxmi
kumari