stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज लन्च हुँदै हुन्डाई क्रेटा ईभी

यस्ता हुनेछन् विभिन्न फिचर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भारतमा केही समय पहिले सार्वजनिक भएको हुन्डाई क्रेटा ईभी नेपाली बजारमा समेत आज देखि उपलब्ध हुँदैछ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सो ईभी विशेष कार्यक्रमका साथ लन्च गर्ने तयारी गरेको बताएको छ ।

मिडसाइज एसयूभी सेग्मेन्टमा सबैभन्दा लोकप्रिय एसयूभी हुन्डाई क्रेटाको दमदार फिचर र एड्भान्स टेक्नोलोजीले इलेक्ट्रिक एसयूभी बजारमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने कम्पनीले दावी गरेको छ । नेपाली बजारमा पहिले देखि नै आईसीई संस्करणको हुन्डाई क्रेटा लोकप्रिय रहेको र हुन्डाईका अन्य ईभी समेत चर्चित बनिरहेको समयमा क्रेटा ईभी समेत धेरैले मन पराउने अपेक्षा गरिएको छ ।

हुन्डाई क्रेटा ईभी ४२ किलोवाट र ५१.४ किलोवाट लङ रेन्ज ब्याट्री गरी दुई वटा ब्याट्री विकल्पमा उपलब्ध हुनेछ । ४२ किलोवाट ब्याट्रीले ३९० किलोमिटर र ५१.४ किलोवाट ब्याट्रीले ४७३ किलोमिटरको रेन्ज प्रदान गर्न सक्षम हुनेछ ।

यसको ५१.४ किलोवाट लङ रेन्ज ब्याट्रीले ७.९ सेकेन्डमा ०–१०० किलोमिटर प्रति घन्टाको गति लिन सक्ने कम्पनीको दाबी छ । सो ब्याट्री डीसी फास्ट चार्जिङ मार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेट मात्र लाग्ने बताइएको छ । यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि १०० प्रतिशतसम्म चार्ज गर्न ४ घन्टा लाग्छ।

क्रेटा ईभीको डिजाइन धेरै हदसम्म यसको आईसीई मोडेलसँग मिल्दोजुल्दो छ। यसको अगाडि एल–आकारको कनेक्टेड एलईडी डीआरएल र भर्टिकली स्ट्याक्ड ट्विन एलईडी हेडलाइट समावेश गरिएको छ ।

यसमा कम्पनीको लोगोको पछाडि चार्जिङ पोर्ट राखिएको छ। क्रेटा ईभीका लागि १७ इन्चको एरोडायनामिक अलोय ह्विल विशेष रूपमा डिजाइन गरिएको छ।

हुन्डाई क्रेटा ईभीको इन्टेरियर डिजाइन यसको आईसीई संस्करण जस्तै देखिए तापनि यसमा केही आधुनिक फिचर थपिएको छ । यसमा १०.२५ इन्चको ड्युअल स्क्रिन र हुन्डाई आयोनिक ५ बाट प्रेरित नयाँ थ्री(स्पोक स्टेयरिङ ह्विल समावेश गरिएको छ ।

साथै भेइकल टु लोड टेक्नोलोजी, प्यानोरामिक सनरुफ र मल्टिपल ड्राइभिङ मोड जस्ता फिचरले यसलाई अझ विशेष बनाएको छ ।

सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम, टायर प्रेशर मनिटरिङ कन्ट्रोल र इलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल जस्ता फिचरले सुसज्जित गरेको छ।

यसको मूल्य र अन्य फिचरको वारेमा कम्पनीले आधिकारिक जानकारी आज सार्वजनिक गर्नेछ । यसको मूल्य ५० लाख देखि ६५ लाख रुपैयाँ हाराहारीमा पर्ने अनुमान गर्न सकिन्छ ।

IME Lifesidebar
kumari