मितेरी डेभलपमेन्ट बैंकले बोनस शेयर मात्रै दिने

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले १८.५५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी ५८ करोड ५० लाख रहेको छ भने ११ करोड ४० लाख ७५ हजार रुपियाँ बराबर लाभांश प्रस्ताव गरिएको प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले बताएका छन् । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण हुने सीईओ वस्तीले बताए ।