stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एशियन लाइफ इन्स्योरेन्सको १२ करोड १३ लाख नाफामा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १२ करोड १३ लाख बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा २ करोड ७६ लाखमा सीमित थियो ।
कम्पनीले दोश्रो त्रैमाससम्म २ अर्ब २८ करोड खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ७३ करोड बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय बढाएर ७१ करोड २४ लाखको उचाई चुमाएको छ । अघिल्लो वर्ष यस्तो आय ६५ करोड १५ लाखमा सीमित थियो ।
बिमालेखको धितोमा कर्जाबाट हुने आय २ करोड १३ लाख बढाएर ४ करोड ८४ लाखको उचाईमा पुरयाएको छ भने अन्य प्रत्यक्ष आय समेत १ करोड ३७ लाखबाट वृद्धि भई १ करोड ९८ लाख पुगेको छ ।

समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सले २९ करोड ६३ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो दाबी भुक्तानी १५ करोडमा सीमित थियो ।
कम्पनीको बिमा कोषको आकार बिस्तार भई १९ अर्ब ३१ करोडको भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म जीवन बिमा कोषको आकार १५ अर्बमा सीमित थियो ।
जगेडा तथा कोषमा ४७ करोड ४४ लाख, महाविपत्ति जगेडामा ५ करोड ५२ लाख जम्मा भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीमा २ लाख ८३ हजार ३९५ बिमालेख कायम भएको छ भने यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.०७ रुपैयाँ रहेको छ ।

पीई अनुपात ३५.११ गुणा, प्रतिसेयर नेटवर्थ १२६.३४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११०७.१५ रुपैयाँ कायम भएको छ ।

prabhu mahalaxmi
kumari