एभरेष्ट बैंकको ३२औँ वार्षिक साधारण सभा असोज १४ गते
काठमाडौं । एभरेष्ट बैंकले असोज १४ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
साधारण सभाबाट संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।
त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
साधारण सभा असोज १४ गते आम्रपाली ब्यांक्वेट भाटभटेनी,काठमाडौंमा बिहान १० बजे बाट शुरु हुने बैंकले जनाएको छ ।























