citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

कांग्रेस उपसभापति विरुद्ध मुद्दा लागेपछि आकस्मिक बैठक

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आकस्मिक बैठक बसेको छ ।
उपसभापति गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि सभापति निवास बूढानीलकण्ठमा आकस्मिक बैठक बसेको छ ।
बिहीबार बिहान बोलाइएको बैठकमा केही कानूनविदहरूलाई समेत बोलाइएको छ ।
बैठकमा नेपाली कांग्रेसका शीर्ष नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरु भेला भएर छलफल गरेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा उपसभापति गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

gold
himalayan life insurance long ad