citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

प्रभु बैंकको ३१ लाख ९१ हजार कित्ता सेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३१ लाख ९१ हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा २३ लाख ७४ हजार १०९ कित्ता संस्थापक सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (माघ २३ गते) बाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।

यस्तै, बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख १६ हजार ९९९ कित्ता संस्थापक सेयर पनि बिक्रीमा ल्याएको छ । यसमा भने बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (माघ २३ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ । बैंकले सेयरको भाउ भने तोकेको छैन ।

 

 

gold
himalayan life insurance long ad