citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सतुंगलमा खुल्यो आईसर गाडीको पहिलो ईजिपी सेन्टर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आइसर कमर्सियल गाडीको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लु कमर्सियल भेइकलले आफ्नो पहिलो आइसर जेन्यूइन पार्टस(ईजिपी) शपी सतुंगलमा खोलेको छ । भोल्भो आइसर कमर्सियल भेइकल र बतास एमएडब्लुका प्रतिनिधीहरुले उक्त सेन्टरको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा भोल्भो आइसरका तर्फबाट रिजनल हेड सन्दिप शर्मा तथा कन्ट्रि हेड हितेश अरोरा र बतास एमएडब्लुका प्रबन्ध निर्देशक सान्तराज बतास तथा सिईओ हेमन्त पुरानिक उपस्थित थिए ।

सो अवसरमा बोल्दै भोल्भो आइसरका रिजनल हेड सन्दिप शर्माले सतुंगलमा खोलिएको नयाँ ईजिपी सेन्टर आइसर गाडीको जेन्यूइन पार्ट्स उपलब्ध गराउने प्रतिबद्धताको सुरुवात मात्रै भएको बताए । ‘यस नयाँ ईजिपीको सुरुवातसंगै अव देशैभर नेटवर्क विस्तार हुनेछ’ उनले भने ।

आईसर गाडीको जेन्यूइन पार्ट्सलाई देशभर उपलब्ध गराउन स्थानिय ब्यवसायीसंग समेत सहकार्य गर्न आँफूहरु तयार रहेको उनले बताए । कम्पनीको यस प्रयासले आइसर गाडीको बिक्रीपछिको सेवा थप सहज र सुलभ हुने शर्माले विश्वास ब्यक्त गरे ।

gold
himalayan life insurance long ad