पेट्रोल र डिजेल इन्जिनको साथमा टाटा सिएरा यो वर्ष लन्च हुने

टाटा मोटर्सले भारतीय बजारमा ह्यारियर ईभी लन्च गर्ने तयारी गरिरहेको छ । साथै पेट्रोल र डिजेल इन्जिनको साथमा टाटा सिएरा २०२५ को अन्तमा लन्च गर्ने अनुमान गरिएको छ । सिएरा पछि टाटाले आफ्नो ईभी लाइनअप विस्तार गर्ने योजना बनाएको छ ।
कम्पनीले हालै सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा नयाँ सिएरा एसयूभी उत्पादनको लागि तयार आईसीई संस्करणको डेब्यू गरेको थियो ।
सो एसयूभी निकट भविष्यमा इलेक्ट्रिक संस्करणमा पनि लन्च हुनेछ । टाटा सिएराको पेट्रोल, डिजेल र इलेक्ट्रिक मोडेलको डिजाइन समान हुनेछ, यद्यपि ईभी स्पेसिफिकेसनमा केही परिवर्तन हुनेछ ।
टाटा सिएरामा पेट्रोल र डिजेल दुबै इन्जिनमा हुनेछ, जसमा १.५ लिटर टर्बो पेट्रोल र २।० लिटर डिजेल इन्जिन समावेश हुनेछ ।
यसमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिशन हुने अनुमान गरिएको छ । सो दुवै इन्जिनले लगभग १७० पीएसको पावर उत्पादन गर्नेछ ।
नयाँ टाटा सिएरामा ब्ल्याक(पेन्टेड रुफलाइन, प्यानारोमिक सनरूफ, सिंगल (पीस रियर, ड्युअल टोन अलोय ह्विल, स्टाइलिस टेलगेट, स्लिक टेललाइट, नयाँ अलोय ह्विल र अपडेटेड ग्रिल जस्ता फिचर हुनेछ ।