citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ सेवा विस्तार गर्ने क्रममा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले बागमती प्रदेश धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ९, टायलघर (व्यावसायिक प्रतिनिधि सञ्जीव खत्री) मा व्यावसायिक प्रतिनिधि मार्फत थप शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा केन्द्रको संख्या ७३ पुगेको छ । शाखारहित बैकिङ्ग सेवा केन्द्रको स्थापना कार्यक्रममा बैंकका प्रतिनिधि, स्थानीय जन–प्रतिनिधि तथा स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय, डिजिटल पेमेन्टस् विभागका आर्यन सिग्देलले शाखारिहत बैकिङ्ग सेवा तथा सोको प्रयोगका बारेमा जानकारी गराएका थिए ।

बैंकले व्यावसायिक प्रतिनिधिलाई स्थानीयस्तरमा शाखारहित बैंकिङ सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको छ ।

व्यावसायिक प्रतिनिधिमार्फत ग्राहकहरूले बचत खाता खोल्ने, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिने, खाता मौज्दात तथा खाताको कारोबार विवरण निकाल्ने, एक खाता बाट अर्को खातामा रकमान्तर गर्ने, अन्य बैकको खातामा रकम जम्मा गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्ने, विजुलीको बिल भुक्तानी, मोबाइल फोनको रिचार्ज सेवा लगायतका बैंकले तोकेका अन्य सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

gold
himalayan life insurance long ad