citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

मुक्तिनाथ विकास बैंक अठारौं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड अठारौं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले देशभरि विविध कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा कुल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण गरेको छ ।

सोही अवसरमा, वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूबीच आर्ट फर अर्थ, कम्ब्याटिङ क्लाइमेट चेन्ज शीर्षकमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितमा कुल ४७६ विद्यार्थीहरु सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङलाई ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी, बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचनाहरू तथा समाचारहरू प्रकाशित गर्ने उत्कृष्ट ३ जना पत्रकारहरूलाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’ले सम्मान गरेको छ ।

उक्त पुरस्कार प्राप्त गर्ने पत्रकारहरू सागर परियार (जुम्ला), कौशिला कुँवर ९काठमाडौं० र माधवप्रसाद अर्याल (पाल्पा) लाई क्रमशः ३५, २५ र १५ हजार, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

उपरोक्त दुवै प्रतियोगिताहरूमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरूको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो ।

साथै, बैंकले सातवटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति, विभिन्न क्याम्पसहरूमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरू वितरण, वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी कार्य, बागमती सफाइ महाअभियानलाई सफाइ सामग्री हस्तान्तरण, गैरनाफामूलक सामाजिक संस्थाहरूलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, डिजिटल माध्यमद्वारा बैंकिङ साक्षरता, धार्मिक तथा सांस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरूसँग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरू हस्तान्तरणजस्ता विभिन्न सामाजिक कार्यहरू सम्पन्न गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष भरतराज ढकालले गरे ।

सञ्चालक उमेशकुमार आचार्यले स्वागत मन्तव्य, बैंकको हालको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरू बारेमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रद्युमन पोखरेल र धन्यवाद मन्तव्य सञ्चालक नारायणकुमार श्रेष्ठले राखेका थिए ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पुरा गरेका ४१ जना कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो ।

सो कार्यक्रममा बैंकका सञ्चालकहरू, सेयरधनीहरू, सेवाग्राहीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका व्यवस्थापक तेजबहादुर गिरीले गरेका थिए ।

gold
himalayan life insurance long ad