नेपाल नआईकनै बन्द भए बजाजका यी ३ मोटरसाइकल
बजाजले आफ्नो ३ वटा मोडलका मोटरसाइकललाई सधैंका लागि बन्द गर्ने निर्णय गरेको छ । बिक्रीमा निरन्तर गिरावट आएपछि कम्पनीले पल्सर एफ २५०, प्लाटिना ११० एबिएस र सिटी १२५ एक्सलाई अव उप्रान्त बजारमा नल्याउने घोषणा गरेको हो ।
उत्पादन बन्द गर्ने निर्णय लिइएका यी तीनवटै मोटरसाइकल नेपाली बजारमा भने उपलब्ध छैनन् । भारतमा उत्पादन भएका बजाजका अधिकांश मोटरसाइकलले नेपाली बजारमा उच्च प्राथमिकता पाउने भएपनि संयोगबश यी तीनवटै मोडल भने नेपाल आएनन् ।
पल्सर एफ २५० पहिलोपटक लन्च हुँदा यसले २२० एफलाई विस्थापन गर्ने अनुमान गरिएको थियो । नयाँ मोटरसाइकल आएपछि पल्सर २२० एफ बन्द हुने हल्ला चलेपनि अन्तत एफ २५० आँफै बजारबाट विस्थापित हुनुपरेको हो ।
यसैगरी, कम्युटर बाइकमा पहिलोपटक एबिएस दिएर लन्च गरिएको प्लाटिनाले पनि सोचेअनुसार बजार लिन सकेन ।
एबिएसका कारण यसको मुल्य महंगो परेको र बजारमा माग ज्यादै न्युन भएका कारण बन्द गर्नुपरेको कम्पनीले जनाएको छ ।
अर्को मोडल, सिटी १२५ एक्सलाई पनि मुल्यकै कारण बन्द गर्नुपरेको कम्पनी भनाई छ ।