stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारणसभा पुस २८ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २६ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले बैंकको शेयर संरचना अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धी व्यवस्था थप गर्ने तथा सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

विशेष प्रस्तावमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

साबिक सञ्चालकहरुको बाँकी कार्यकालसम्मका लागि गरेको नियुक्ति अनुमोदन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति जानकारी सभामा दिइनेछ।

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले बैंकका सहायक कम्पनीहरु माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे सेक्युरिटिजको गत आर्थिक वर्षको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण पनि पारित गर्नेछ।

गत आर्थिक वर्षका लागि भने बैंकले कुनै पनि प्रकारको लाभांश प्रस्ताव गरेको छ। यसको अर्थ शेयरधनीहरुले उक्त आर्थिक वर्षका लागि लाभांश पाउने छैनन्।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै साधारण सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा पोखराको पर्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।

IME Lifesidebar
kumari