citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

प्रोटोन ई–मास ७ को ग्लोबल लन्च, नेपालमा पनि आउने

kumari bank
Prabhu Insurance Long Ad
global bank

प्रोटोन ब्रान्डको ई–मास ७ ईभीको ग्लोबल लन्च मलेसियामा भएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमद्वारा सार्वजनिक गरिएको सो ईभी मलेसियाकै पहिलो ईभी समेत हो ।

नेपाली बजारमा समेत उपलब्ध हुने घोषणा गरिएको सो ईभी नेपाल वाहेक ट्रिनिडाड एन्ड टोबागो, सिंगापुर र मौरिससमा समेत लन्च हुनेछ ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो ईभी आगामी सन् २०२५ को पहिलो क्वाटरमा नेपाली बजारमा उपलब्ध हुने बताएको छ । हाल जगदम्बा मोटर्सले प्रोटोनका अन्य मोडल समेत नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ ।

प्रोटोन ई–मास ७ ले एसियन एनक्यापमा फाइभ स्टार रेटिङ पाएको छ । यो गाडीले समग्रमा ९२।५७ स्कोर पाएको छ ।

ई–मास ७ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसमा क्रमशः ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ, जुन हाल प्रचलित एलएफपी ब्याट्रीको नयाँ जेनेरेसन हो ।

यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।प्राइममा रिमोट कन्ट्रोल र लेभल टु एडीएएस लगायतका फिचर छन् भने प्रिमियममा विन्डशिल्ड हेड–अप डिस्प्ले र फ्रन्ट भेन्टिलेटेड सिट लगायतका विभिन्न विशेषता छन् ।

gold
himalayan life insurance long ad