stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सिद्धार्थ बैंकद्वारा भिसा प्लाटिनम क्रेडिट कार्ड सार्वजनिक

डिजिटल भुक्तानीलाई प्रोत्साहन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ भिसा प्लाटिनम क्रेडिट कार्ड सार्वजनिक गरेको छ। यो कार्ड विशिष्ट सेवाहरूको पहुँच प्रदान गर्न भिसाद्वारा जारी विशेष श्रेणीको क्रेडिट कार्ड हो।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेलपछि आयोजित विशेष कार्यक्रम मार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले कार्ड सार्वजनिक गरे।

भिसा प्लाटिनम क्रेडिट कार्डले ग्राहकहरूलाई विशेष प्राथमिकता दिने, जीवनलाई सरल र व्यवस्थित बनाउने तथा उच्चस्तरीय सुविधाहरू प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

कार्ड प्रयोगकर्ताहरूले बैंकको ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर थप जानकारी प्राप्त गर्न सक्नेछन्।

डिजिटल भुक्तानी प्रवर्द्धन गर्न बैंकले यसअघि नै ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा सञ्चालनमा ल्याइसकेको छ। यस सेवा र प्लाटिनम कार्ड मार्फत बैंकले डिजिटल माध्यमबाट भुक्तानी गर्ने चलनलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

prabhu mahalaxmi
kumari