नेप्सेमा एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४४२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ४२५.८२ रुपैयाँ कायम भएको छ । अब आइतबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।