citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ ।

यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुस १ गतेबाट दिन थालेको हो ।

समयसीमा एक दिन रहेको अनलिमिटेड डेटाको शुल्क करसहित रु ५० रहेको एनसेलले जनाएको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउन सक्छन् ।

यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल गरी लिन सक्ने पनि कम्पनीले जनाएको छ । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ ।

कर सहितको सेवा शुल्क रु २.४८ र १ दिने अनलिमिटेड डेटाको रु ५० गरी ब्यालेन्स रिचार्ज गर्दा कुल रु ५२.४८ काटिन्छ । सिम लिएर सेवा लिन थालेको कम्तिमा ३० दिन भएका ग्राहकहरुले यो डेटा सापटी लिन सक्छन् ।

अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरु हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ ।

एनसेलले यो अनलिमिटेड डेटा बाहेक रु ४० ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको पनि एनसेलले जनाएको छ ।

gold
himalayan life insurance long ad