citizens life insurance long ad
stcnepal long ad

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन

उपाध्यक्षको जिम्मेवारीमा रेग्मी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल बैंकर्स संघको अध्यक्ष पदमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध चयन भएका छन्। संघको औपचारिक निर्णय भने संघको वार्षिक साधारण सभापछि बुधवार सार्वजनिक हुनेछ।

हालसम्म संघको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका कोइरालाले संघको नेतृत्व गर्दै बैंकिङ क्षेत्रका नीतिगत सुधार र समन्वयलाई अझ प्रभावकारी बनाउन काम गर्ने अपेक्षा गरिएको छ।प्रभू बैंकका सीईओ अशोक शेरचन अध्यक्षको दाबी छाड्न तयार भएपछि कोइरालालाई जिम्मेवारी दिएको हो ।

अध्यक्ष पदमा निर्वाचित भएसँगै, उपाध्यक्षको जिम्मेवारी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले सम्हाल्ने भएका छन्।

संघको यो निर्वाचनमा तीन सदस्य पद रिक्त थिए। यी पदमध्ये, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफ्नो दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन्।

बाँकी दुई पदमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्वाचित भएका छन्।

संघको साधारणसभाले नयाँ कार्यसमितिलाई अनुमोदन गर्नेछ। यसपटक संघको नेतृत्वले बैंकिङ क्षेत्रका विभिन्न चुनौती र अवसरहरूको सामना गर्दै ग्राहकमैत्री सेवा प्रवर्द्धन तथा वित्तीय क्षेत्रको स्थायित्वमा योगदान दिने विश्वास गरिएको छ।

IME Life
kumari