नेपाल एसबिआई बैंक र रेडिसन होटेल काठमाडौँबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र रेडिसन होटेल काठमाडौँ बीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेय पदार्थमा १५५ सम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका प्रमुख संचालन अधिकृत विकास आनन्द र रेडिसन होटेल काठमाडौँका निर्देशक ९खाद्य तथा पेय पदार्थ०, केदार पाण्डेले आदानप्रदान गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।